दफा १८
समिति वा कार्य टोली गठन गर्न सक्ने

(१) आयोगले यस ऐन बमोजिम आफूले गर्नु पर्ने कुनै काम गर्न कुनै सदस्य तथा सम्बन्धित विषयका विशेषज्ञहरू समेत समावेश गरी समिति वा कार्य टोली गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित समिति वा कार्य टोलीको काम, कर्तव्य र अधिकार, कार्यावधि तथा समिति वा कार्यटोलीका सदस्यहरूले पाउने भत्ता तथा सुविधा आयोगले तोके बमोजिम हुनेछ ।